पूर्वमन्त्री आफताब आलमको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वमन्त्री एवं कांग्रेसका नेता आफताब आलमको निधन भएको छ । केएमसी अस्पतालमा उपचाररत ६३ वर्षीय आलमको गएराति निधन भएको हो । उनको गएराति २ः ५९ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ । उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए ।

मिर्गौला र उच्च रक्तचापको बिरामी आलमलाई १४ जेठमा नख्खु कारागारबाट छुटेपछि मस्तिष्काघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

अस्पताल लगिएको १०र१२ दिनपछि नै उनको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको प्रशासन प्रमुख दाहालले जानकारी दिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस(४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो । विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो । मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो ।

  • २२ कार्तिक २०८२, शनिबार ०८:१८ प्रकाशित