काठमाडौं।
जेनजी प्रदर्शन हुँदा काठमाडौँ उपत्यकाको सुरक्षामा परिचालित प्रहरी कर्मचारीको बयान आजबाट हुने भएको छ । प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पुगेसँगै आजबाट बयान सुरु हुन लागेको आयोगका सदस्य विज्ञानराज शर्माले बताए ।
शर्माका अनुसार काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी प्रधान कार्यालयले आयोगमा पठाएको हो । बिहीबारबाट फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिने भएको छ । भदौ २३ मा नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीको बयान लिइँदै छ ।
यसअघि आयोगले नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान लिएको थियो ।















