केशरमहलबाट सिंहदरबार सर्दै शिक्षामन्त्री पुन

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सिंहदरबारस्थि मन्त्रालयमा सर्ने भएका छन् ।

गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बसेका थिए । जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगनजी भएपछि अस्थायी रूपमा मन्त्रालय केशरमहलमा सारिएको थियो ।

मन्त्रालयको मूल काम सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन पनि सर्न लागेका हुन् ।मन्त्री पुनले केशरमहलबो बसाइ आज अन्तिम भएको बताए ।

‘आज अन्तिम दिन हो । मन्त्री भएपछि यहाँ बास बसेको थिएँ । आजदेखि सिंहदरबारमा सर्ने हुकुम आएको छ । सिंहदरबारमा सर्दैछु,’ मन्त्री पुनले भने ।

तिहारपछिदेखि मन्त्रालयको काम सिंहदरबारबाट नै सुरु गरिएको थियो मन्त्रालयका अनुसार केही काम केशरमहलबाट पनि हुनेछ ।सिंहदरबारमा अझै मर्मतको काम भइरहेको छ । त्यसैले दुबै ठाउँबाट कामकाज गरिने मन्त्रालयले जनाएको छ ।

  • १६ कार्तिक २०८२, आईतवार १६:०३ प्रकाशित