काठमाडौं।
‘पहिला देश’ अभियानमा आबद्ध दुई जना प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ।
डा. निकोलस भुसालको नेतृत्वमा रहेको यो अभियानले आज लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति लगायतसँग मिलेर विभिन्न माग राख्दै माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।
पक्राउ परेका दुई आन्दोलनकारीले सरकार विरोधी नारा लगाएका थिए। पक्राउ पर्नेहरूको नाम सार्वजनिक भएको छैन । उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा। निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ । भुसालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी९सीडीओ० छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
भुसालको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले भक्तपुरको गुण्डु स्थित ओली निवासमा सुरक्षा सतर्कता अपनाएको छ ।भुसालले सामाजिक सञ्जालमा भड्काउपूर्ण अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले उनको समूहलाई प्रतिकारको चेतावनी दिएका छन् ।















