स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थपिने

केन्द्रभाग मिडिया

सरकारले आवश्यकताअनुसार स्वास्थ्य कर्मचारीको करार अवधि ३ महिना थप्ने भएको छ ।

कोरोनाभाइरसको संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको करार अवधि थप गर्ने जनाएको हो ।यो निर्णयसँगै कुनै पद रिक्त रहेमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि बढाउन सकिने भएको छ ।

  • २९ पुष २०७८, बिहीबार १६:४५ प्रकाशित