आज सुनको मूल्य स्थिर

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • १३ कार्तिक २०८२, बिहीबार ११:३२ प्रकाशित