विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौं

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौंको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो ।

तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।

  • १२ कार्तिक २०८२, बुधबार १३:१८ प्रकाशित