तिहार बिदामा पनि सर्वोच्च अदालत खुल्ला रहने

केन्द्रभाग मिडिया

काठमाडौं।

तिहार पर्वको बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने भएको छ ।

सो समयमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ ।

‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ : ०० बजेदेखि अपराह्न ३ः ०० बजेसम्म अदालत खुला रहने छ’, सूचनामा उल्लेख छ । रासस

  • ३ कार्तिक २०८२, सोमबार १४:०२ प्रकाशित