प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

  • ३१ आश्विन २०८२, शुक्रबार ११:०५ प्रकाशित