कोशीका केही स्थानमा पानी पर्ने, अन्यत्र कस्तो रहला मौसम ?

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

 

  • २९ आश्विन २०८२, बुधबार ०८:४३ प्रकाशित