कांग्रेस कार्यसम्पादन समिति स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति निर्धारित समयको साढे एक घण्टापछि स्थगित गरिएको छ ।केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

कांग्रेसले मंगलबार नै एक बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो। तर हालसम्म बैठक सुरु भएको छैन । बैठकमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर स्थगित गरिने सहमहामन्त्री उपाध्यायले बताइन् । मंगलबार स्थगित गरिएको बैठक बिहीबार बस्ने र त्यसमा एजेन्डाबारे छलफल गर्ने तयारी छ ।

मंगलबार बिहान केन्द्रीय समिति बैठकबारे सभापति देउवासँग र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले भेट गरेका थिए । एजेन्डाबारे उनीहरूले सभापतिसँग भेट गरेका देउवाको सचिवालयले जानकारी दिएको छ ।

केन्द्रीय समितिमा सभापतिको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन छ । त्यसबारे महामन्त्रीद्वयले सभापतिसँग छलफल गरेका बताइएको छ । तर, एजेन्डा तय भएका छैनन् ।

जेनजीले भदौ २३ र २४ गते भएको आन्दोलनमा प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि घरमै आक्रमण गरेका थिए । त्यसयता देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।

  • २८ आश्विन २०८२, मंगलवार १३:४९ प्रकाशित