काठमाडौं ।
नेपाली कांग्रेसको कार्यालय वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी कार्यालयसम्म पठाइदैछ ।आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदै छन् ।















