पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा योङ्ग कम्युनिस्ट लिग ९वाईसीएल०का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारको निर्णयप्रति आक्रोश पोख्दै प्रचण्ड लगायत माओवादी नेताहरुको सुरक्षा पूर्वजनमुक्ति सेना ९पीएलए०ले गरिरहेको र गरिरहने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय सञ्चार माध्यमबाट बाहिरिएपछि दीपशिखाले आक्रोश पोखेका हुन् । उनले साथै, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा ओलीको जस्तै हुने चेतावनी दिएका थिए ।

‘क। प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ । बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ’, उनले लेखेका छन् ।

खबरअनुसार प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यसअघि सरकारले सुरक्षा चुनौतीलाई ख्याल गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो ।

माओवादी जनमुक्ति सेनाका पूर्वसर्वोच्च कमाण्डर समेत रहेका प्रचण्ड २०६३ मा भएको तत्कालीन सरकार र विद्रोही माओवादीबिच बृहत शान्ति सम्झौत गरी शान्तिपूर्ण राजनीतिमा आएका थिए । यद्यपि पूर्वप्रधानमन्त्रीको हैसियतमा सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने कार्यविधि रहेको गृह प्रशासनले जानकारी दिएको छ ।

  • २४ आश्विन २०८२, शुक्रबार १३:५३ प्रकाशित