निर्वाचनका विषयमा प्रधानमन्त्री र दलहरुसंग छलफल गर्दै राष्ट्रपति

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज आगामी निर्वाचनका विषयमा छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग छलफल गर्न लागेका हुन् ।

छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

  • २४ आश्विन २०८२, शुक्रबार ११:१६ प्रकाशित