गण्डकी अपडेटः सक्रिय संक्रमित ह्वात्तै बढे, आज कुन जिल्लामा कति थपिए(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज १२१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।
सोही अवधिमा २७ संक्रमित कोरोना मुक्त भएका छन् ।

संक्रमित हुनेमा कास्कीका ६६,म्याग्दीका ४, मुस्ताङका ४, तनहुँका ७, बागलुङका ११, स्याङ्जाका ८ र नवलपरासी २१ जना रहेको निर्देशनालयले जनाएको छ यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ८८१ पुगेको छ भने निको हुनेको संख्या ८७ हजार ३ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५८ हजार २८८ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा ४५१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४२६ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

  • २८ पुष २०७८, बुधबार १६:३० प्रकाशित