दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

केही वर्ष अघि दूधको बिक्री नभएको, दूधको मूल्य घटाएको भन्दै मारमा परेका किसानले अब भने केही राहत पाउने भएका छन् ।

खाद्यान्नलगायतको दैनिक उपभोग्य वस्तु को मूल्य वृद्धि भइरहेको बेला दूधको मूल्य पनि बढ्ने भएको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो ।

हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ ।राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।१० रुपैयाँ मूल्य वृद्धि हुँदा ७ रुपैयाँ प्रति लिटर कृषकलाई र ३ रुपैयाँ उद्योगीलाई जाने बताइएको छ ।

यसभन्दा पहिले २०७३ सालमा प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्य वृद्धि भएको थियो ।

  • २८ पुष २०७८, बुधबार १६:१७ प्रकाशित