पोखरा ।
आज बिहीबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय मुद्रा भने सस्तिएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा छ । हिजो युरो १ को खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ०४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसा थियो ।
त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ०६ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा थियो ।















