आयोगद्धारा निर्वाचनसम्बन्धी छलफलका लागि दलहरूलाई आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

फागुन २१ गते तय भएको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते दलहरूलाई बोलाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार आयोगले यसअघिका निर्वाचनमा वडा सदस्यसम्म निर्वाचित दलका प्रतिनिधिहरूलाई छलफलमा बोलाइएको छ ।आयोगले यसअघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। आयोगले दलहरूसँग छलफल नै नगरी कार्यतालिका सार्वजनिक गरेको भन्दै प्रमुख दलले असन्तुष्टि जनाउँदै आएका छन् ।

  • २२ आश्विन २०८२, बुधबार १५:०० प्रकाशित