दमौली कारागारका १३५ कैदीबन्दी अझै सम्पर्क बाहिर

केन्द्रभाग मिडिया

bdf}nL sf/fuf/ ejg tgx'F @( c;f/M tgx'Fsf] ;b/d'sfdl:yt bdf}nL sf/fuf/ ejg . b'O{ Ansdf k'?if / Ps Ansdf dlxnf u/L oxfF tLg j6f Ansdf sl/a #)) sf] xf/fxf/Ldf s}bLaGbL /x]sf 5g . tl:a/M ;fg]axfb'/ g]kfnL÷/f;;

तनहुँ ।

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।

लमजुङ कारागारबाट ६ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले भने( ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’ रासस

  • २० आश्विन २०८२, सोमबार १३:३६ प्रकाशित