खरायो गतिमा फैलिदैँ संक्रमणः गण्डकीमा आज थपिए सय बढी संक्रमित, १ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा अस्ति भन्दा हिजो, हिजो भन्दा आज खरायोको गतिमा संक्रमितको संख्या उकालो लागिरहेको छ ।

हिजो ७० जनामा संक्रमण पुष्टि भएकोमा आज मंगलबार भने एक सय नाघेको छ । आज ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । ३६४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । भने सोही अवधिमा १६ जना निको भएका छन्

संक्रमित हुनेमा कास्कीका ७५, म्याग्दीका ४, बागलुङका ५, स्याङ्जाका ८ र नवलपरासी पूर्वका ९ जना रहेका छन् ।
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९७६ रहेको छ ।

यस्तै पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पर्वत जलजला गाउँपालिका १ की ७० वर्षीया वृद्धा रहेकी निर्देशनालयले बताएको छ् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५७ हजार ९८२ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा ३५७ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३३६ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा दिनदिनै संक्रमणदर बढेको भन्दै निर्देशनालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।

 

  • २७ पुष २०७८, मंगलवार १६:३० प्रकाशित