रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको ज्यान गएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग राखेपछि कारागारमा झडप भएको थियो ।

स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको ज्यान गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।झडपमा १२ जना कैदीबन्दी घाइते भएका छन् ।

  • २६ भाद्र २०८२, बिहीबार १३:१४ प्रकाशित