पोखरा ।
पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ।
सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गरेको उक्त अटो सोरूममा प्रदर्शनकारीले मंगलबार आगो लगाएका थिए।
जलेको अवस्थामा फेला परेको युवतीको पहिचान भने भइसकेको छैन।एसपी ओलियाले जलेको शव पोस्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी दिए।














