पोखरा ।
जेनजी प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेका छन् । साँझ करिव ५ बजेदेखि प्रहरी र प्रदर्शनकारीको झडप भएपनि करिव ८ः३० बजे प्रहरी बाहिरिएसंगै प्रदर्शनकारीले प्रहरी कार्यालय कब्जामा लिएर आगो लगाएकाका हुन् ।
यस अगाडि पोखरामा रहेका अधिकांश सरकारी कार्यालय, मुख्यमन्त्री र मन्त्रीका सरकारी निवासमा समेत आगजनी र तोडफोड तोडफोड भएको थियो ।
नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवास, अदालत, पोखरा महानगरपालिका कार्यालय, वडा कार्यालयहरु, जिल्ला प्रशासन कार्यालयसहित विभिन्न व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भएको छ ।
प्रदेश राजधानी पोखरा साँझसम्म नै तनावपूर्ण बनेको छ । पोखराका विभिन्न ठाउँमा कर्फ्यु जारी गरेपनि जेनजीको प्रदर्शन रोकिएको छैन । सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेको जेनजीको प्रदर्शनले क्रमबद्ध तरिकाले आगजनी गरिरहेको छ ।














