आजको पेसी रोक्दै जेनजी पुस्ताको प्रदर्शनमा राज्यले दमन गरेको भन्दै उच्च अदालत पोखराका कर्मचारीले पनि विरोध प्रदर्शन गरेका छन्।
अदालत गेटबाहिर प्लाकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरूले बताए।पनेरूका अनुसार सरकारले जारी गरेको निषेधाज्ञाका कारण अदालतका सबै पेसी स्थगित भएका छन्।
कर्मचारीले प्रशासनिक काम गर्दा पनि हातमा कालोपट्टी लगाएर काम गरेको पनेरूले बताए।युवा पुस्ताको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेको भन्दै विरोध स्वरूप कालोपट्टी लगाएर काम गर्न थालेको उनले बताए।















