पोखरामा कर्फ्यु क्षेत्र विस्तार, यी स्थानमा आवतजावत गर्न नपाइँने

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यु क्षेत्र विस्तार गरेको छ । अहिले विहान १० बजेदेखि राति १० बजेसम्म लाग हुनेगरी कास्की प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्की जिल्ला पोखरा महानगरपालिका भित्र तोकिएका स्थानको चारकिल्ला क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गरेको कर्फ्यु आदेशमा पोखरा महानगरपालिका भित्रका पूर्वतर्फ पोखरा महानगरपालिका वडा नं ०९ पृथ्वीचोक स्थित चाईना पुल देखि पृथ्वीचोक, पुरानो एयरपोर्ट हुँदै विरौटा चोक र पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, नदिपुर हुँदै केआई सिंह पुलसम्मको क्षेत्रमा निशेधाज्ञा जारी गरिएको छ ।

यसैगरी पश्चिम तर्फ पोखरा महानगरपालिका वडा नं ०२ स्थित बाग्लुङ बसपार्क देखि जिरो किमी हुँदै हल्लनचोकसम्म, उत्तर तर्फ पोखरा महानगरपालिका वडा नं १ स्थित पृथ्वीनारायण क्याम्पस गेट देखि ट्याक्सीचोक हुँदै बाग्लुङ बसपार्कसम्मको क्षेत्र र दक्षिण तर्फ पोखरा महानगरपालिका वडा नं ० ६ स्थित हल्लनचोक देखि राष्ट्रबैंक चोक हुँदै विरौटासम्मको क्षेत्रमा निशेधाज्ञा जारी गरिएको हो ।

 

 

  • २४ भाद्र २०८२, मंगलवार ०९:५५ प्रकाशित