जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

घाइतेहरूको संख्या यकिन भइसकेको छैन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक, केएमसीमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको ज्यान गएको हो ।

उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

यद्यपि आन्दोलन रोकिएको छैन ।अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।

  • २३ भाद्र २०८२, सोमबार १५:३२ प्रकाशित