कोशी र कर्णालीको केही स्थानमा भारी, यी स्थानमा मध्यम वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आज सिकिम आसपाको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पूवी भूभागमा पर्ने देखिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराइका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • २२ भाद्र २०८२, आईतवार ०९:५५ प्रकाशित