कोरोना संक्रमणमा उछाल : एकै दिन १४४६ जनामा संक्रमण, २ जनाको मृत्‍यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।यही अवधिमा थप २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।हिजो ११६७ जना संक्रमित थपिएका थिए ।

  • २६ पुष २०७८, सोमबार १६:५६ प्रकाशित