गण्डकी अपडेटः हिजोको तुलनामा आज थपिए डबल संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा आज हिजोको तुलनामा डबल संक्रमित थपिएका छन् ।

हिजो ३८ जनामा संक्रमण पुष्टि भएकोमा आज भने ७० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा २४१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । भने सोही अवधिमा १४ संक्रमित कोरोना मुक्त भएका छन् ।

कास्कीका ५४, पर्वतका १, लमजुङका ३, स्याङ्जाका २ र नवलपरासी ७ जनामा संक्रमण पुष्टि भएको हो ।।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ६४६ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९६० रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५७ हजार ६१८ जनाको परीक्षण भएको छ ।हाल प्रदेशमा २५९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २३६ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • २६ पुष २०७८, सोमबार १६:३० प्रकाशित