जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस मागेको राप्रपाको आरोप

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लामा फलेको अर्ग्यानिक स्याउ काठमाडौँ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा घुस मागेको आरोप लगाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै उनले जुम्लाका किसानले काठमाडौँमा अर्ग्यानिक स्याउ ल्याउन लाग्दा प्रहरीले ठाउँठाउँमा सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए ।

उनले भने, ‘जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँठाउँमा १०० रुपियाँसम्म घुस मागिरहेको छ । सभामुखमार्फत गृहमन्त्रीलाई जानकारी गराउन चाहन्छु ।’उनले विदेशी स्याउलाई रोकेर जुम्लाको स्याउ बिक्री हुने वातावरण निर्माण गर्न पनि सरकारसँग आग्रह गरे ।

  • १८ भाद्र २०८२, बुधबार १४:०० प्रकाशित