काठमाडौं ।
आगामी दसैँलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि खसी र च्याङ्ग्राको अनलाइनबाट प्रि–बुकिङ सुरु गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले मंगलबारदेखि यो व्यवस्था गरेको जनाएको छ ।
हाल अनलाइनमार्फत प्रि-बुकिङ मात्र भइरहेको र खसी–बोका र च्याङ्ग्रा भने काठमाडौँ ल्याइनसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलले आजदेखि अनलाइन प्रि–बुकिङ सुरु भए पनि घटस्थापनादेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट बिक्री हुने बताए । उनकाअनुसार घटस्थापनाको अघिल्लो दिनमात्रै खसी–बोका र च्याङ्ग्रा काठमाडौँ पुग्ने र घटस्थापनादेखि बिक्री वितरण सुरु हुने छ ।















