राष्ट्रियसभा बैठकको समय परिवर्तन

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

मङ्गलबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठकको समय परिवर्तन भएको छ । आजै दिउँसो सवा ३ बजे बस्ने गरी बैठकको समय परिवर्तन गरिएको हो ।

विशेष कारण देखाउँदै बैठक बस्ने समय परिवर्तन भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय निजामती विधेयक पेस हुँदै छ ।

यसअघि आजै विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथि सहमति जुटेको थियो ।

  • १७ भाद्र २०८२, मंगलवार १५:०१ प्रकाशित