फेवामा हाम फालेकी महिलाको सकुशल उद्धार

केन्द्रभाग मिडिया

पोखरा ।

फेवातालमा हाम फालेकी महिलाकाे  सकुशल उद्धार भएको छ ।

पोखरास्थित फेवातालमा आज बिहानै हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी फेवातालमा हाम फालेकी हुन् ।

फेवातालमा हाम फालेकी उनी काठको मुढामा अड्किएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा फौजले उनको उद्धार गरेको उनले बताए।

उद्धारपछि महिलालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि पठाइएको छ । उनको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 

  • १७ भाद्र २०८२, मंगलवार ०९:३१ प्रकाशित