गाेरखाकाे हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

पाेखरा ।

गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

यसअघि यही १ भदाैमा रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

 

 

  • १७ भाद्र २०८२, मंगलवार ०७:५१ प्रकाशित