एघारौँ पोखरा महोत्सव स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महोत्सव स्थगित भएको छ।
यही पुष २८ गते देखि माघ ९ गतेसम्म आयोजना हुने भनिएको एघारौँ संस्करणको पोखरा महोत्सव अर्को सुचना जारी नभइन्जेलका लागि स्थगित गरिएको आयोजक युनाईटेट क्लब पोखराले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

पछिल्लो समय कोरोना संक्रमण दिनदिनै उकालो लागेको भन्दै सरकारको कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को हिजो बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयको पालना गर्दै महोत्सव हाललाई स्थगित गरिएको आयोजक क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए ।

उनले भने,‘ हाम्रो क्लबको उद्देश्य स्वास्थ्य क्षेत्रमा काम गर्ने पनि हो र जनस्वास्थ्य प्रति उत्तरदायी बन्नु कर्तव्य पनि हो । त्यसैले अर्को सुचना नआइन्जेल सम्मका लागि महोत्सव स्थगित गरिएको हो ।’अध्यक्ष श्रेष्ठले समय अनुकुल भएपछि महोत्सव सञ्चालन गर्ने बताएका छन्

महोत्सवमा बुक गरिसकिएका स्टल व्यवसायीहरुलाई अर्को सुचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने समेत क्लबले विज्ञप्तिमार्फत जनाएको छ।

महोत्सवलाई सफल बनाउन सहयोग गर्ने महोत्सवको मुख्य प्रायोजक, उप प्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया पार्टनर, प्रवद्र्धक, अफिसियल संघ सस्थाहरु, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत सहयोग गर्ने सम्पूर्ण प्रति क्लबले कृतज्ञता प्रकट गरेको छ ।

  • २६ पुष २०७८, सोमबार १५:३५ प्रकाशित