आज अधिकांश ठाउँमा मध्यम वर्षको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ ।

सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना  छ ।

  • १४ भाद्र २०८२, शनिबार ०७:५१ प्रकाशित