विदेश पठाउँछु भन्दै ठगेकोे आरोपमा स्याङ्जाका सुसनसहित दुईजना पक्राउ

केन्द्रभाग मिडिया

simbolic photo

काठमाडौं।

विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ घर भएका ५० वर्षीय योगेन्द्र घले छन् ।

उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । ताम्राकारले इजरायल पठाउँछु भनेर एकजना पीडितसँग १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । अर्का आरोपी घलेले जापान पठाउँछु भनेर ६ लाख रुपैयाँ ठगी गरेको एसपी आचार्यले बताए ।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।

  • १० भाद्र २०८२, मंगलवार १२:१९ प्रकाशित