राष्ट्रिय सभा निर्वाचनः आजदेखि आचारसंहिता लागू, क–कसलाई लाग्छ आचारसंहिता ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।

आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आचारसंहिता जारी गरेको जनाएको छ । निर्वाचन अवधिभर आचारसंहिता पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले आचारसंहिताको पूर्ण पालना नभए कारबाही गर्ने चेतावनी पनि दिएको छ।

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ। साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचारसंहिता लागू हुनेछ।

राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ।रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।१२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचनका लागि ४३ जना उम्मदेवार मैदानमा छन्।

यिनीहरुमा लाग्छ आचारसंहिता हेर्नुहोस सूची ।

 

  • २६ पुष २०७८, सोमबार ०८:४९ प्रकाशित