पोखरा ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाड भूभाग र लुम्बिनी प्रदेशका तराई र पहाड भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।















