पोखरा ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम क्रम पनि जारी छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना छ ।
आज राति कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी प्रदेशको पहाडी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।















