काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ ।
सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् ।
बजार घट्दा कारोबार रकम बढेको छ । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ ।कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् ।















