काठमाडौं ।
सङ्घीय संसद् सचिवालयले ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ ।
सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम छानबिन प्रतिवेदन कार्यान्वयनका लागि आइतबार सम्बन्धित निकायमा पठाइएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख घिमिरेको निर्देशन बमोजिम कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको बताए । ‘सङ्घीय संसद् सचिवालयबाट पत्र पठाइएको छ,’ गिरीले रातोपाटीसँग भने, ‘सम्बन्धित निकायमा पुग्दै होला ।’
सभामुख घिमिरेले शुक्रबार कांग्रेस सांसद जीवन परियार सभापतित्वको ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’को प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउन निर्देशन देखिएका थिए । घिमिरेको निर्देशन अनुसार सङ्घीय संसद् सचिवालयले कार्यान्वयनका लागि पठाएको हो ।














