खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको ज्यान गयो

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको ज्यान गएको छ ।ज्यान गुमाउनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • १ भाद्र २०८२, आईतवार १२:१४ प्रकाशित