अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४० रुपैयाँ २१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा थियो ।

आज युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ र बिक्रीदर ४५८ रुपैयाँ ९७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २९ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०८ पैसा थियो ।

  • २९ श्रावण २०८२, बिहीबार ०६:५२ प्रकाशित