कोरोना संक्रमणः सरकार आइसोलेसनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोनासंक्रमण पुष्टि भए पछि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका नेताहरु आइसोलेसनमा बसेका छ । प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्री पनि आइसोलेसनमा बसेका छन् । शुक्रबार प्रचण्डलाई भेटेका प्रधानमन्त्री देउवा शनिबार देखि आइसोलेसनमा छन् ।

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि भेटघाट बन्द गरेका छन्। कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनले शनिबारदेखि भेटघाट बन्द गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण देखिएपछि मन्त्री कार्कीले पनि भेटघाट बन्द गरेका हुन्।

प्रधानमन्त्री देउवा र मन्त्री कार्कीको आज पीसीआर परीक्षण हुने बताइएको छ । माओवादी अध्यक्षलाई संक्रमण पुष्टि भए पछि उनलाई महाधिवेशन स्थलबटै संक्रमण फैलिएको अनुमान गरिएको छ ।  माओवादीका सयौँ नेता कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
विभिन्न पार्टीहरूको महाधिवेशनपश्चात नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ। अहिले शीर्ष नेताहरूमा समेत संक्रमण भएको हो।

  • २५ पुष २०७८, आईतवार १०:२५ प्रकाशित