राप्रपा विभाजन गर्ने तागत कसैसँग पनि छैन : राजेन्द्र लिङ्देन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको दाबी गरेका छन् ।

विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो सम्भावना नरहेको जिकिर गरे ।

‘मैले बारम्बार भनेको छु, यो पार्टीलाई विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्र्नुुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,’ लिङ्देनले न्युज एजेन्सीसँगको कुराकानीका क्रममा भनेका छन्, ‘राष्टिय प्रजातन्त्र पार्टीमा लामो समयदेखि एउटा प्रवृति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने । त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गर्छ तर अब त्यो सम्भावना पनि छैन ।’

लिङ्देनले पार्टीभित्र देखिएका समस्या सेर समाधान गर्ने, चित्त नबुझेका विषयहरू पार्टीका समितिमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्ष सबैले मिलेर जानुपर्ने बताए ।

समितिहरूबाट आफ्ना कुरा पारित हुन नसके वा चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि चुनौती दिन सक्ने उनको भनाइ छ ।राप्रपा असन्तुष्ट पक्षले विधान विपरीत काम गरिरहेको लिङ्देनको आरोप छ ।

पार्टीको विधानअनुसार नै जिम्मेवारी हेरफेर गरिएको दाबी गर्दै लिङ्देनले विधानले अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको बताए ।

फरक प्रसंगमा उनले नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताए ।

  • २५ श्रावण २०८२, आईतवार १६:३१ प्रकाशित