एमाले अधिवेशनः यी जिल्ला जहाँ चयन भए सर्वसम्मत् अध्यक्ष, को-को भए अध्यक्ष ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार २२ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी २४ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको हो ।

केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । सर्वसम्मत् अध्यक्ष चयन भएका २२ जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशका २ जिल्लामा मात्र सर्वसम्मत अध्यक्ष चयन भएका छन् । कास्की सहितका अन्य जिल्लामा भने चुनाव नै हुने संकेत देखिएको छ । कास्कीमा पनि सर्वसम्मत भए पनि अध्यक्षका लागि ५ जना आकांक्षी रहेका छन् ।

आकांक्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल, बैनबहादुर क्षेत्री र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला छोडेर एमालेले शुक्रबार ६१ जिल्लाको अधिवेशन गरेको थियो ।

अध्यक्ष चयन भएका जिल्लाहरु
प्रदेश १

१ः झापा-दीपक कार्की

२ः मोरङ-ऋषिकेश पोखरेल

३: खोटाङ – रामप्रसाद दंगाल

४: धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१: सप्तरी- ताराकान्त चौधरी

वागमती

१ः धादिङ- भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३ः भक्तपुर- बचन देउजा

४स् रसुवा- कर्णेल तामाङ

गण्डकी

१ः गोरखा- प्रेम गुरुङ

२: तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा- धनेन्द्रराज घिमिरे

२ः गुल्मी- बालकृष्ण काउछा मगर

३ः अर्घाखाची- पिताम्बर भुसाल

४ः बाँके- किस्मत कुमार कक्षपती

५ः बर्दिया- लालबहादुर श्रेष्ठ

६ः दाङ- हुकुमबहादुर बस्नेत

७: रुपन्देही- तेजेन्द्र केसी

८: कपिलवस्तु-डम्मर शर्मा (निर्वाचित)

९: नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१ः डोल्पा- शेरबहादुर बुढा

२ः सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ

२: पेशागत विशेष- उमेश ढकाल

  • २५ पुष २०७८, आईतवार ०९:३० प्रकाशित