यी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • २३ श्रावण २०८२, शुक्रबार ०७:०३ प्रकाशित