पोखरा ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।केही दिन देखि धुम्मिएको पोखरा सहित देशभरका आकाश आज यो समाचार तयार पार्दासम्म भने खुलेका छन् ।
तर महाशाखाले देशका केही प्रदेशमा आज पनि मौसम बदली हुने र हल्का देखि चट्याङसहितको मेघगर्जन र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाको अनुसार हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने बताइएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका जिल्लाहरुमा भने आज मौसम सफा रहने महाशाखाले जनाएको छ ।