कन्ट्याक ट्रेसिङमा परेका प्रम देउवा र सञ्चारमन्त्री कार्कीको आज पिसीआर परीक्षण

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण हुने भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनी अहिले होमआइसोलेसनमा बसेका छन्।

बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएको थियो ।

उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होमआइसोलेसनमा बसेका छन्। प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की शनिबारदेखि नै होमआइसोलेसनमा बसेका हुन्।

उनीहरूको आज पिसीआर परीक्षण गर्ने तयारी छ।

  • २५ पुष २०७८, आईतवार ०८:४७ प्रकाशित